News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका भ्रमणमा रहेको कन्दरा ब्यान्डले बाढी प्रभावितका लागि २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
भदौ १५, काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली सांगीतिक ब्यान्ड कन्दराले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ । रिदम अफ चेन्ज – नर्थ अमेरिका टुरअन्तर्गत आयोजित सांगीतिक कार्यक्रमका क्रममा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
१० भदौमा आएको विनाशकारी बाढी र पहिरोपछि कन्दरा ब्यान्डले आफ्नो सांगीतिक कन्सर्टलाई मानवीय सहयोग अभियानमा रूपान्तरण गरेको थियो । सोही अन्तर्गत गरिएको शोमार्फत ब्यान्डले उक्त रकम संकलन गरेको हो ।
त्यस्तै ब्यान्डले विपत्तिको यस कठिन घडीमा नेपाल र नेपालीका लागि ऐक्यबद्धता जनाउन आग्रह पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4