१५ भदौ, पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएको ५१ दिन सञ्चालनमा आएको छ । माई खोला नजिकै रहेको सडक भासिएर अवरुद्ध भएको थियो । ५१ दिनपछि साना गाडी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ ।
विभिन्न संरचना निर्माण गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । दीर्घकालीन रुपमा समस्या सामाधान गर्ने प्रयास गरिरहेको उनले बताए ।
राजदुवाली सडक अवरुद्ध भएपछि वैकल्पिक बाटोको प्रयोग गरिदै आइएको थियो । तर, वैकल्पिक बाटोमा पुल नभएको तथा कच्ची सडक भएकाले हैरानी भएको थियो ।
यो पल्ट यो खण्डमा निक्कै लामो समय सडक अवरुद्ध भएको थियो । २०८१ सालमा ३ दिन यहाँ सडक अवरुद्ध भएको थियो । २०८२ असोाजमा १४ दिन सडक अवरुद्ध भएको थियो । यो ५१ दिन सडक अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4