+
+
Shares

‘कन्दरा’ को एटलान्टा कन्सर्टबाट संकलित १३ हजार डलर प्रधानमन्त्री कोषमा प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट उठेको १३ हजार ६७० डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
  • गायक विवेक श्रेष्ठले कन्सर्टबाट संकलित रकम भोटेकोशी बाढी पीडितका लागि प्रदान गरिएको बताए।
  • कन्दराले भोटेकोशी बाढीपछि एट्लान्टा कार्यक्रमलाई ‘ट्रिब्यूट कन्सर्ट’मा बदल्दै राहत अभियान बनाएको थियो।

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ ।

कन्सर्टबाट उठेको रकम भोटेकोशी बाढी पीडितको लागि प्रदान गरिएको जानकारी गायक विवेक श्रेष्ठले अनलाइनखबरलाई दिए ।

कन्दराले कूल १३ हजार ६७० डलर (२१ लाख रुपैयाँ) रकम प्रधानमन्त्री कोषमा प्रदान गरेको हो । कन्सर्ट सकिए लगत्तै ब्यान्डका तर्फबाट गायक श्रेष्ठले उक्त रकम प्रधानमन्त्री कोषको क्यूआरमार्फत ट्रान्सफर गरेका थिए ।

भोटेकोशी बाढीको घटनापछि ब्यान्डले एटलान्टा कन्सर्टलाई ‘ट्रिब्यूट कन्सर्ट’को रुपमा परिवर्तन गरेको थियो ।

यतिबेला कन्दरा आफ्नो ‘रिदम अफ चेन्ज’ टूरअन्तर्गत अमेरिकामा छ । यसपछि भर्जिनिया र कोलोराडोको डेनभरमा प्रस्तुति दिने तयारी छ ।

‘शोकलाई शक्तिमा, संगीतलाई सेवामा’ भन्ने भावनासहित पूर्वनिर्धारित कन्सर्टलाई राहत तथा सहयोग अभियानमा परिणत गर्ने निर्णय ब्यान्डले गरेको थियो ।

अमेरिकाबाट अनलाइनखबरसँग कुरा गर्दै विवेकले आफूहरूले देशप्रति सांगीतिक र सामाजिक उत्तरदायित्वलाई सम्झिएर पीडामा मल्हम लगाउने काम गरेको बताए । ‘हामी कलाकार हौं र कलाकारितामार्फत पीडामा मल्हम लगाउने काम गरेका हौं’ विवेकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?