+
+
Shares

त्रिशूली–बेत्रावती सडक : ४ किलोमिटर पूर्ण क्षति, जोगियो ६ किलोमिटर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली बजारदेखि बेत्रावतीसम्मको १० किलोमिटर सडक सडक विभागका प्राविधिकले स्थलगत निरीक्षण गरेका छन् ।
  • त्रिशूली नदीले ४ किलोमिटर सडक पूर्णरुपमा कटान गरेको र ६ किलोमिटर सडक फोहोर हटाएपछि सञ्चालन गर्न सकिने पाइएको छ ।
  • सडक विभागले बेत्रावतीमा बेलिब्रिज जडानका लागि ठाउँ पहिचान गर्दैछ, जसपछि सडक रसुवा राष्ट्रिय राजमार्गमा जोडिनेछ ।

१५ भदौ, काठमाडौं । नुवाकोटको त्रिशूली बजारबाट बेत्रावति बजारसम्मको १० किलोमिटर सडकलाई सडक विभागका प्राविधिकले स्थलगत निरीक्षण गरेका छन् ।

सो निरीक्षणका क्रममा त्रिशूली नदीले ४ किलोमिटर सडकलाई पूर्णरुपमा कटान गरेको पाइएको छ । ६ किलोमिटर हाराहारी सडक भने फोहोर हटाएपछि यातायात सञ्चालन गर्न सकिने अवस्थामा रहेको पाइएको छ ।

विभागका अनुसार प्राविधिकहरू त्रिशूली बजारबाट पैदल यात्रा गर्दै बेत्रावती पुगेका हुन् र उनीहरूले बेत्रावतीमा बेलिब्रिज जडानका लागि ठाउँ पहिचान गर्दैछन् ।

सडक विभागले बेत्रावतीमा बेलिब्रिज राख्दैछ । सो जडान भएपछि रसुवा राष्ट्रिय राजमार्गमा जोडिने छ । अहिले रसुवा वैकल्पिक सडक मार्गबाट जोडिएको भएपनि त्यसमा यात्रा सहज छैन ।

रसुवामा मात्रै ४० किलोमिटर सडक पूर्णरुपमा बगेको अनुमान छ । बेत्रावतीदेखि रसुवागढीसम्मको सडकमा अत्यधिक क्षति पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?