News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा रहेका नेपाली व्यवसायी राजीव राजभाटले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।
- राजभाटको नेतृत्वमा ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’ ले ३ करोड रुपैयाँ बराबरको नेपाल पुनर्निर्माण तथा राहत कोष घोषणा गरेका हुन् ।
- अभियानको नारा ‘एक नेपाली, एक रुपैयाँ’ राखिएको छ र संकलित रकम बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिनेछ ।
१५ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट पीडीत भएकाका लागि अमेरिकामा रहेका नेपाली व्यवसायी राजीव राजभाटले ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा सहयोग गरेका छन् ।
गोरखाको पालुङटार स्थायी घर भई हाल अमेरिकामा व्यवसाय र सामाजिक अभियानमा सक्रिय युवा उद्यमी राजभाटले तीन करोड रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोष पनि घोषणा गरेका छन् ।
राजीव राजभाट को नेतृत्वमा ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’ ले संयुक्त रूपमा नेपाल पुनर्निर्माण तथा राहत कोष स्थापना गरेका हुन् । अभियानअन्तर्गत राजभाटले आफ्नो व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेका छन् ।
जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड मेला गएका राजभाटका आफन्तसहित पालुङटार–९ नौखरेका ३० भन्दा बढी छिमेकी अझै बेपत्ता छन् । आफ्नै गाउँ शोकमा डुबिरहेका बेला डल्लासमा रहेका पालुङटारे युवाले शोकलाई सेवामा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय स्तरबाट राहत जुटाउने निर्णय गरेका हुन् ।
अभियानको नारा ‘एक नेपाली, एक रुपैयाँ’ राखिएको छ। विश्वभर रहेका नेपाली समुदायलाई सहभागी गराउँदै तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
संकलित कोषबाट बाढी प्रभावित क्षेत्रमा भत्किएका विद्यालय, स्वास्थ्य चौकी र आधारभूत पूर्वाधार पुनर्निर्माणका साथै अभिभावक गुमाएका तथा विपद्बाट प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने योजना रहेको उनको भनाइ छ ।
प्रवासमा बसे पनि मातृभूमिप्रतिको दायित्वलाई व्यवहारमै उतार्ने उद्देश्यले सुरु गरिएको यो अभियानमा विश्वभरका नेपालीलाई ऐक्यबद्ध हुन आह्वान गरिएको छ ।
प्रतिक्रिया 4