+
+
Shares

बाढीपीडितलाई शिवम्‌को ११ हजार बोरा सिमेन्ट र होल्डिङ्सको २१ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले बाढी तथा पहिरो प्रभावित ११० घरधुरीलाई आवास पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट निःशुल्क उपलब्ध गराउने जनाएको छ।
  • कम्पनीले भदौ १० गते रसुवालगायत क्षेत्रमा आएको बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेको हो।
  • शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

१५ भदौ, काठमाडौं । बाढी तथा पहिरो प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ।कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले उक्त सिमेन्ट निःशुल्क उपलब्ध गराउने जनाएको छ।

शिवम् सिमेन्टले भदौ १० गते रसुवालगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार आवास पुनर्निर्माणका लागि उपलब्ध गराइने ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट हुनेछ।

यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माणमा उपयोग हुने कम्पनीले जनाएको छ।

शिवम् सिमेन्टले विपद्को कठिन घडीमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको पुनःस्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?