News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको पनेबाजमा आज दिउँसो साढे २ बजे पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको छ।
- पहिरोका कारण दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन चलेका छैनन्।
- सडक डिभिजन कार्यालय बैतडीले पहिरो निरन्तर झरिरहेकाले पन्छाउने काम समयमै सुरु गर्न नसकिएको जनाएको छ।
१५ भदौ, बैतडी । दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजे पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको हो । राजमार्ग अबरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन चलेका छैनन्।
पहिरो निरन्तर झरिरहँदा पन्छाउने काम समयमै सुरु गर्न नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
पहिरो रोकिएपछि पन्छाउने काम सुरु गरिने सडक डिभिजन कार्यालयका सूचना अधिकारी कपिल प्रशाद पन्तले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4