+
+
Shares

महाकाली राजमार्ग अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिका बिहान साढे बजेको समयमा मधेस प्रदेश ०३ ००२ ख ४२३१ नम्बरको ट्रेलर सडकबाट लिक बाहिर गई अबरुद्ध बनेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको दोगडाकेदारमा ट्रेलर सडकबाट बाहिरिएपछि महाकाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार मार्मा हाइड्रोपावरको सामान बोकेको ट्रेलर सडकमा अड्किएको हो ।
  • सडक डिभिजन प्रमुख किरन सुवेदीले 'लोडेड ट्रेलरलाई हटाउन क्रेन नै चाहिन्छ, हामीसँग त्यो सुविधा छैन' भन्दै सम्बन्धित कम्पनीलाई क्रेनको व्यवस्था गर्न भनेका छन् ।

३१ साउन, बैतडी। महाकाली राजमार्ग अवरुद्ध बनेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका बिहान साढे बजेको समयमा मधेस प्रदेश ०३ ००२ ख ४२३१ नम्बरको ट्रेलर सडकबाट लिक बाहिर गई अबरुद्ध बनेको हो। क्रेन नहुँदा उक्त ट्रेलर अझै हटाउन सकिएको छैन।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार दार्चुलाको मार्मा हाइड्रोपावरको फलामको पाता बोकेको ट्रेलर लिक बाहिर गएर सडक अवरुद्ध भएको उनले बताए ।

सडक डिभिडज कार्यालयका प्रमुख किरन सुवेदीले ट्रेलरलाई उठाउनको लागि क्रेन नै आवश्यक पर्ने भएकाले आफूहरूको तर्फबाट सम्भव नभएको बताए। ‘लोडेड ट्रेलरलाई हटाउन क्रेन नै चाहिन्छ, हामीसँग त्यो सुविधा छैन, सम्बन्धित हाइड्रो कम्पनीलाई आफैँ क्रेनको व्यवस्था गरेर निकाल्न भनेका छौं,’ प्रमुख सुवेदीले भने।

सडक अवरुद्ध हुदा दार्चुलाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधन रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?