News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका बाराका २४ वर्षीय जय किशोर प्रसाद यादवलाई प्रहरीले गौशालाबाट पक्राउ गरेको छ ।
- काठमाडौं जिल्ला अदालतले २०८१ वैशाख ३० मा यादवलाई दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनलाई अदालतमार्फत कारागार चलान गरिएको छ ।
३१ साउन, काठमाडौं । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादव छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ३० वैशाख २०८१ मा काठमाडौं जिल्ला अदालतले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।
फरार उनलाई प्रहरीले २९ साउनमा काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4