News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भएपछि नयाँ केन्द्रीय समिति गठन गरिएको छ।
- पार्टीको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव चयन हुनुभएको छ।
- नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष र उपाध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी समावेश गरिएका छन्।
३१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण भएपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ ।
पार्टीले जारी गरेको परिपत्र अनुसार दुवै पार्टीको एकता पश्चात् बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।
पार्टीको सहअध्यक्षमा शरतसिंह भण्डारी, वरिष्ठ नेतामा रकम चेम्जोङ, उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा. परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन् ।
नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष, उपाध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी रहेका छन् ।
हेर्नुहोस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4