+
+
Shares

जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताको एजेन्डा बनाउनुपर्छ : वनमन्त्री

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउनुपर्ने बताइन् ।
  • उनले जलवायु न्यायलाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्नेमा जोड दिइन् ।
  • चौधरीले जलवायु परिवर्तनको मुद्दामा नागरिक समाज, विज्ञ, सञ्चारमाध्यम र सरोकारवालाको सहकार्य आवश्यक रहेको बताइन् ।

१६ भदौ, काठमाडौं । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।

मन्त्री चौधरीले अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरूको छलफलमा जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले नेपाल सरकारले विश्वसामु जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्न नसकेसम्म जलवायु संकटले निम्त्याउने क्षति र समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न कठिन हुने बताइन् ।

आफू राजनीतिमा आउनुअघिदेखि नै वातावरण तथा जलवायु परिवर्तनका विषयमा वकालत गर्दै आएको उल्लेख गर्दै उनले अब सरकारले जलवायु न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।

नेपाल विश्वको सर्वोच्च हिमाल सगरमाथासहित महत्त्वपूर्ण हिमाली क्षेत्र रहेको ‘माउन्टेनियस कन्ट्री’ भएकाले विश्वस्तर मै हिमाली मुद्दालाई स्थापित गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।

उनले भनिन्, ‘हिजोको दिनमा हाम्रो पनि के दाबी थियो भने क्लाइमेट चेन्ज र इन्भाइरोमेन्टका इस्यूहरूलाई सरकारले प्राथमिकतामा राखेन । तर अब मन्त्रालयमा आइसकेपछि यो एजेन्डा नेपालको सबैभन्दा बढी प्राथमिकतामा परेको एजेन्डा हो भनेर यसमा काम गर्न चाहिराखेको छु। यो एजेन्डालाई जबसम्म नेपाल सरकारले आफ्नो अधिकारको रूपमा, हाम्रो क्लेमको रूपमा प्रस्तुत गर्न सक्दैनौँ, तबसम्म यसलाई फेरि पनि प्राथमिकतामा राख्न सक्दैनौँ । हामी सगरमाथाको देश भन्छौँ, जहाँ विश्वको सबैभन्दा अग्लो हिमाल छ । त्यसैले हामीले माउन्टेन एजेन्डालाई लिड गर्नुपर्छ र वल्र्डमा पनि माउन्टेन एजेन्डालाई स्थापित गर्नुपर्छ ।’

मन्त्री चौधरीले जलवायु परिवर्तनको मुद्दा कुनै एक–दुई वटा कार्यक्रम वा अन्तर्राष्ट्रिय सम्मेलनमा मात्र सिमित हुन नहुने बताइन् ।

सरकारको एक्लो प्रयासले मात्रै नहुने भन्दै उनले नागरिक समाज, विज्ञ, सञ्चारमाध्यम तथा सरोकारवाला सबैको सहयोग र सहकार्यको आवश्यकता औंल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?