१६ भदौ, काठमाडौं । रसुबा बाढी प्रभावित जिल्लामा आज रातिदेखि पर्सि बिहानसम्म मध्यम स्तरको वर्षाको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत आसपासका जिल्लामा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
एकदुई स्थानमा भने भारी वर्षा समेत हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, महाशाखाले अहिले देशभर मनसुनी पायुको प्रभाव रहेको पनि जनाएको छ ।
‘मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सदरद स्थान आसपास रहेको छ,’ महाशाखाले भनेको छ ।
हाल भारतको पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव नेपालमा देखिएको महाशाखाले भनेको छ ।
प्रतिक्रिया 4