+
+
Shares

कृष्णभिर माथिबाट नयाँ ट्र्याक खोलेर राजमार्ग सुचारू गर्ने पूर्वाधार मन्त्रालयको निर्णय

पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते २०:५०

१६ भदौ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कृष्णभिर माथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचारू गर्ने निर्णय गरेको छ ।

पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले तत्काल विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनर्स्थापना गर्न कृष्णभिरमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, ट्र्याक खोल्ने कार्यसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कार्यसमेत गर्ने मन्त्रालयको अर्को निर्णय छ ।

यस्तै, कृष्णभिरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने पनि निर्णय भएको छ ।

यस्तै, कृष्णभिरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ ।

यी विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?