News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीले भोटेकोशी–त्रिशूली करिडोरका आठ सञ्चालनरत र चार निर्माणाधीन आयोजना क्षतिग्रस्त भएको बताए।
- उनका अनुसार बाढीका कारण ४ हजार ३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।
- बालेनले नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको जानकारी दिए।
१७, भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जनविद्युत् आयोजना र सैर्य परियोजनामा ठूलो क्षति पुर्याएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले बाढीको क्षतिबारे संसद्लाई जानकारी गराउने क्रममा विद्युत् आयोजना र सौर्य परियोजनाबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री बालेनका अनुसार बाढीका कारण विद्युत उत्पादन गरिरहेका आठ वटा आयोजनामा २८१ मेगावाट र निर्माणाधीन चार वटामा ३८८ मेगावाट क्षतिग्रस्त भएका छन् ।
‘जसमध्ये केहीमात्रै मर्मत हुन सक्ने र ठूलो लगानी लाग्ने देखिएको छ,’ प्रधानमन्त्री बालेनले भने, ‘बाढीका कारण ४ हजार ३१ दशमलव १ मेघावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।’
प्रधानमन्त्रीले नुवाकोटमा वैकल्पिक प्रशारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विधुत् सेवा पुनः प्रवाह गरिरहेको पनि जानकारी दिए । उनले धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनस्र्थापना भइसकेको बताए ।
प्रतिक्रिया 4