+
+
Shares

भोटेकोशी बाढी आएकै दिन सरकारले के-के गर्‍यो ? (टाइमलाइनसहित)

धेरैको घरपरिवार खोसेर, बस्ने जमिन बगर बनाउँदै उठिवास लगाउने गरी बाढी आएकै दिन सरकारले के गर्‍यो त? प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई टाइमलाइनसहित जानकारी गराएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १६:३१

१७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ। भदौ १० गते बुधबार बिहान आएको बाढीले यी नदीका तटीय क्षेत्रमा विध्वंश मच्चायो।

धेरैको घरपरिवार खोसेर, बस्ने जमिन बगर बनाउँदै उठिवास लगाउने गरी बाढी आएकै दिन सरकारले के गर्‍यो त? प्रधानमन्त्री बालेन शाहले उक्त दिन सरकारले गरेको कामकारबाहीबारे प्रतिनिधिसभालाई टाइमलाइनसहित जानकारी गराएका छन्।

१० भदौ २०८३
बिहान ८ः४५ बजे– रसुवाको भोटेकोशी नदीमा बाढी आएको सूचना प्राप्त ।

बिहान ९ बजे– तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनमार्फत् सुरक्षित स्थानमा जान आग्रह ।

बिहान ९ः१५ बजे– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आकस्मिक बैठक आह्वान । प्रभावित क्षेत्रका मानिसहरू उद्धार गर्ने निर्णय ।

बिहान ९ः३५– टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्ककताको सूचना संप्रेषण ।

बिहान ९ः४५ बजे– नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि प्रस्थान । निजी हेलिकप्टर ‘स्ट्यान्डबाई’ ।

बिहान १० बजे– नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठक । प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय ।

बिहान १०ः३० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सर्च एनड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम’ तयारी अवस्थामा । काठमाडौंलगायत अन्य जिल्लाबाट सेना, प्रहरी, सशस्त्र प्रहरी खोज, उद्धार र राहतका लागि परिचालन ।

बिहान ११ बजे– प्रधानमन्त्री कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक । सुरक्षा निकायका प्रमुखहरूलाई प्रभवित क्षेत्रमा जसरी पनि खोज, उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन । थप हेलिकप्टर र ड्रोन टोली परिचालन गर्न निर्देशन।

दिउँसो १२ः३० बजे– मन्त्रिपरिषद्को आकस्मिक बैठक । खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय । १५ वटा प्रभावित स्थानीय तहलाई तीन महिनाक ालागि विपद् संकटग्रस्त क्षेत्र घोषणा । मृतकका परिवारलाई आर्थिक् सहायता तत्काल उपलब्ध गराउने, घाइते तथा बिचल्लीमा परेका व्यक्तिलाई तत्काल उद्धार गर्ने, उक्त कार्यका लागि सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय ।

दिउँसो १ बजे– प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल । तत्कालै सम्पर्कमा आएका स्थानीय जनप्रतिनिधिहरूसँग टेलिफोनमार्फत जानकारी लिने कार्य ।

दिउँसो ३ बजे– सूचना तथा सञ्चारमन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रमा प्रस्थान ।

राति ७ः४० बजे– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह ।

मध्यरातमा आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइयो । रातिसम्ममा प्रभावित क्षेत्रमा मोबाइल फोन प्रयोकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशल्कको व्यवस्था ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?