News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री न्यान्सी खड्का भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा पुगेर पीडितलाई राहत सामग्री वितरण गरिरहेकी छन्।
- उनले पिपलटारस्थित आयुर्वेदिक अस्पतालमा उपचाररत र उद्धार गरिएका व्यक्तिसँग भेटेर वडाध्यक्षसँग प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी लिइन्।
- न्यान्सीले फिल्म ‘अक्षरा’को प्रवर्धन अभियान स्थगित गरेर बाढीपीडितलाई सहयोग गर्न नुवाकोट आएको बताइन्।
काठमाडौं । प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का यतिबेला भोटेकोशी बाढीबाट प्रभावित थलो नुवाकोटमा छिन् । उनी त्यहाँका विभिन्न प्रभावित स्थल पुगेर पीडितलाई राहत सामग्री वितरण गरिरहेकी छन् ।
यसबारे न्यान्सीले भनिन्, ‘बाढी–पहिरोबाट प्रभावित परिवारसम्म प्रत्यक्ष पुगेर उहाँहरूको अवस्था बुझ्ने र सकेको सहयोग गर्ने उद्देश्यले म नुवाकोटको विभिन्न प्रभावित क्षेत्रहरूमा पुगेँ ।’
न्यान्सीले पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर त्यहाँ उपचाररत र उद्धार गरिएका व्यक्तिसँग भेटघाट गरेकी छन् । साथै वडाध्यक्षसाग पनि भेटेर प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी लिएकी छन् ।
साथै उनले सुरक्षाकर्मी र उद्वारकर्ताहरूलाई मास्क र पञ्जासहितका सामग्री उपलब्ध गराएकी छन् । आफू युनाइडेट स्कुल, बट्टार, धोबिघाट लगायतका स्थानमा पुगेर स्थानीयको अवस्था बुझ्ने प्रयास गरेको उनले बताइन् ।
‘यो सहयोग ठूलो होइन तर, सक्दो सहयोग गरेको छु’ उनले भनिन्, ‘यस्तो कठिन समयमा प्रभावित परिवारसम्म पुग्नु, उहाँहरूको कुरा सुन्नु र आफूले सकेको ठाउँबाट साथ दिनु नै मेरो उद्देश्य हो । यो एउटा सुरुवात मात्र हो, सकेसम्म निरन्तर सहयोग र साथ दिइरहनेछु ।’
प्रदर्शन तयारीमा रहेको फिल्म ‘अक्षरा’को प्रवर्धन अभियान स्थगित गरेर आफू बाढी पीडितलाई मल्हम लगाउन नुवाकोट आएको न्यान्सीले बताएकी छन् ।
पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सी खड्काको यो दोस्रो फिल्म हो । ‘१२ गाउँ’ डेब्यू अभिनेत्री ‘अक्षरा’मा शीर्ष भूमिकामा देखिएकी छन् । विनयराज पौडेल निर्देशित यस फिल्म २६ भदौदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4