+
+
Shares

कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ र १८ जना जनशक्ति र निर्माण उपकरण तयारी अवस्थामा राखिएको छ।
  • रुख कटान पूरा भएपछि उपकरण परिचालन गरी सडक सञ्चालनलाई प्राथमिकतामा राखेर पहिरो पन्छाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ।
  • कृष्णभिरको सडक भासिँदा काठमाडौंको आपूर्ति श्रृङ्खला खलबलिएको छ र उपत्यका आवतजावत गर्ने यात्रुहरूले सास्ती बेहोरेका छन्।

१८ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।

रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ।

कृष्णभिरको सडक भासिदा यतिबेला राजधानी काठमाडौंका आपूर्ति श्रृङ्खला खलबलिएको छ । उपत्यका आवतजावत गर्नुपर्ने यात्रुले सास्ती बेहोरिरहेका छन् । यसको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव समेत बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?