+
+
Shares

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव

खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट खोज तथा उद्धार टोलीले दुई जनाको शव निकालेको छ।
  • नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले सुरुङभित्र करिब १५० मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेका छन्।
  • २० मेगावाटको आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन्।

१८ भदौ, काठमाडौं । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजना सुरुङबाट दुई जनाको शव निकालिएको छ ।

खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।

आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट २ वटा शव निकालेको हो ।

अहिले हाइड्रो–मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब १ सय ५० मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले बताए ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन् । आज नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले खोज तथा उद्धारको काम गरिरहेको उनको भनाइ छ ।

बुधबार सुरुङको १ सय ५० मिटरभित्र पुगेर खोजी कार्य गरिएको थियो । आज बिहानैदेखि खोजी कार्यलाई तीव्र्रता दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?