+
+
Shares

संसद्को सभाकक्षमा ढले सांसद खड्का, वीर अस्पताल लगिंदै

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा ढलेका छन् ।
  • संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चेकजाँच गर्दा खड्काको उच्च रक्तचाप देखिएको छ ।
  • सामान्य परीक्षणपछि खड्कालाई वीर अस्पताल लगिँदैछ ।

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा ढलेका छन् ।

उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उच्च रक्तचाप देखिएको छ ।

‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?