+
+
Shares

रसुवा बाढीपीडितलाई अरनिको कलेजले गर्‍यो १० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि विराटनगरको अरनिको कलेजले १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दिएको छ।
  • कलेजले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत बुधबार प्राचार्य राजेश कार्की र सञ्चालकहरूले चेक हस्तान्तरण गरेका हुन्।
  • कार्कीले विपत्तिका बेला संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराइएको बताए।

१८ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। राहत र उद्धारको काम जारी छ। ठूलो क्षति भएसँगै सरकारले सहयोगको अपिलसमेत गरेको छ।

सरकारको अपिलपछि स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी छ। मोरङको विराटनगरस्थित अरनिको कलेजले पनि भोटेकोशी बाढी प्रभावितलाई राहत तथा उद्धारमा सहयोग होस् भनेर १० लाख रुपैयाँ प्रदान गरेको छ।

कलेजले बुधबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।

कलेजमै आयोजित कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बास्तोलालाई कलेजका प्राचार्य राजेश कार्की तथा सञ्चालकहरूले उक्त रकमबराबरको चेक हस्तान्तरण गरे।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहतमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कलेजका तर्फबाट सहयोग गरिएको प्राचार्य कार्कीले बताए। विपत्तिको समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराइएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?