News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर भेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।
- संस्थाले बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ।
- कान्तिपुर भेटले भोटेकोशीमा बाढी आएको दिनदेखि विपद् प्रभावित क्षेत्रमा नि:शुल्क भेटेरिनरी औषधि उपलब्ध गराउँदै आएको छ।
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भेटेरिनयन संस्था ‘कान्तिपुर भेट’ले २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।
देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उक्त भेटले सहयोग गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको जनाइएको छ ।
साथै, भोटेकोशीमा बाढी आएको दिनदेखि नै विपद् प्रभावित क्षेत्रमा नि:शुल्क भेटेरिनरी औषधि उपलब्ध गराउँदै आएको पनि जनाइएको छ ।
भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत भेटेरिनरी औषधि नि:शुल्क दिने गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4