News Summary
Generated by OK AI. Editorially reviewed.- पार्ले प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १४ लाख ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
- कम्पनीले एन्टार्कटिक बिस्कुट्स प्रालिमार्फत १ लाख ४४ हजार प्याकेट पार्लेजी बिस्कुट सरकारी राहत संयन्त्रलाई हस्तान्तरण गरेको छ।
- सत्येन्द्रकुमार उपाध्यायले बुधबार राहत सामग्री सुरक्षा निकायका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
१९ भदौ, काठमाडौं । पार्ले प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १४ लाख ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
कम्पनीले नेपालस्थित उत्पादक एन्टार्कटिक बिस्कुट्स प्रालिमार्फत १० रुपैयाँ एमआरपीका १ लाख ४४ हजार प्याकेट अर्थात् १ हजार कार्टुन पार्लेजी बिस्कुट सरकारी राहत संयन्त्रलाई हस्तान्तरण गरेको हो।
पार्ले प्रोडक्ट्सका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक सत्येन्द्रकुमार उपाध्यायले बुधबार राहत सामग्री सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १५ गते एन्टार्कटिक बिस्कुट्सलाई पत्र पठाउँदै राहत सामग्री नेपाल प्रहरी विपद् उद्धार तथा प्रतिकार्य तालिम केन्द्र, सामाखुसीमा बुझाउन सहजीकरण गरेको थियो। सोही निर्देशनअनुसार कम्पनीले भदौ १७ गते बिस्कुट हस्तान्तरण गरेको जनाएको छ।
कम्पनीले नेपाल र नेपाली नागरिकले सामना गरिरहेको कठिन परिस्थितिमा पीडित समुदायलाई उपलब्ध स्रोतबाट सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको जनाएको छ। सहयोगबाट प्रभावित नागरिकको तत्काल खाद्य आवश्यकतामा केही राहत पुग्ने कम्पनीको विश्वास छ।
प्रतिक्रिया 4