News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीमा हालसम्म १२ सय ९४ जनाको शव भेटिएको र ५ हजार ५३ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
- प्राधिकरणका अनुसार बाढीबाट १३ हजार ९५ जनाको उद्धार भएको छ र रसुवा, नुवाकोट तथा धादिङका ३७ होल्डिङ सेन्टरमा ४,६२७ जना आश्रयमा छन्।
- बाढीले ७,५७० घर, ४८ सरकारी संरचना, १८ विद्यालय, ७ स्वास्थ्य संस्था, ५५ किलोमिटर सडक र ७८३ मेगावाट विद्युत उत्पादनमा क्षति पुर्याएको छ।
१९ भदौ, काठमाडौं । भदौ १० गतेको रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो।
बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको जानकारी दिए।
बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन रहेको उनले बताए।
त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिए।
त्यस्तै १,८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७,६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ। बाढीका कारण ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको समेत प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया 4