+
+
Shares

बाढी प्रभावितलाई तेस्रो चरण ग्यास पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढी पीडितका लागि ग्यास उद्योगीहरूले तेस्रो चरणमा ७५ सगर ब्रान्डका ग्यास सिलिन्डर रसुवा पठाएका छन् ।
  • नेपाल एलपी ग्यास उद्योग संघले कुल १ हजार २५० सिलिन्डर सहयोग गर्ने निर्णय गरेको छ, र यसअघि २ सय ३२ सिलिन्डर पुगिसकेका छन् ।
  • एलपी ग्यास उद्योग संघ नेपालले पनि दुई चरणमा १ सय ५० ग्यास सिलिन्डर बाढी प्रभावितलाई दिइसकेको छ ।

२१ भदौ, काठमाडौं । भोटेकोशीका बाढी पीडितलाई राहत स्वरूप ग्यास उद्योगीहरूले तेस्रो चरणको सहयोग अन्तर्गत ७५ वटा सगर ब्रान्डका ग्यास सिलिन्डर रसुवा पठाएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार शनिबार दिउँसो बबरमहलस्थित आयल निगमबाट ती सिलिन्डरहरू जिल्ला प्रशासन कार्यालय रसुवाको जिम्मामा पठाइएको हो ।

बाढी प्रभावितहरूका लागि कुल १ हजार २५० थान ग्यास सिलिन्डर सहयोग गर्ने संघको पूर्व निर्णय रहेको छ । यसअन्तर्गत यसअघि नै दुई चरण गरी २ सय ३२ वटा नेपाल ग्यासका सिलिन्डर प्रभावित क्षेत्रमा पुगिसकेको अध्यक्ष चन्दले बताएका छन् ।

सुरुमा एकैपटक ठूलो परिमाणमा ग्यास पठाउने लक्ष्य राखिए पनि पृथ्वी राजमार्ग बन्द हुँदा ढुवानीमा समस्या आएकोले थोरै–थोरै गरेर पठाउनु परेको उनको भनाइ छ ।

यसैगरी, ग्यास उद्योगीहरूको अर्को संस्था एलपी ग्यास उद्योग संघ नेपालले पनि यसअघि दुई चरणमा गरी १ सय ५० (पहिलो चरणमा १०० र दोस्रोमा ५०) थान ग्यास सिलिन्डर प्रभावितलाई दिइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?