२१ भदौ, काठमाडौं । रसुवा बाढीपछि उद्धार गरिएका व्यक्तिहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।
यस्तोमा नुवाकोटका होल्डिङ सेन्टरहरूको व्यवस्थापनबारे सरकारी/गैरसरकारी संघ संस्थाहरूसँग छलफल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना निकालेर जिल्लामा रहेका होल्डिङ सेन्टरहरुको व्यवस्थापनलगायतका सम्बन्धमा आवश्यक छलफल गर्न सोमबार दिउँसो ४ बजे बैठक राखेको हो । बैठक जिल्ला प्रशासन कार्यालयको सभाहलमै बस्ने भनिएको छ ।
उक्त बैठकमा सहभागी हुन सरकारी तथा गैरसरकारी संघ संस्थाहरू सबैलाई आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4