+
+
Shares

नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई दिएको छ।
  • गुठीका अध्यक्ष कुन्द दिक्षीतले आइतबार उत्कृष्ट १० कृतिमध्येबाट उक्त पुस्तक चयन गरिएको बताए।

२१ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ ।

आइतबार गुठी संस्थाले जोशीको पुस्तकलाई मदन पुरस्कार घोषणा गरेको हो ।

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो ।

तीमध्येबाट नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार–२०८२ प्रदान गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको एक आधार मानिन्छ ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका तीन कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो । त्यसयता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिंदै आएको छ ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

२०७५ सालदेखि मदन पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?