+
+
Shares

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स र श्रीराम टोबाकोले रसुवाको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
  • ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
  • कम्पनीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहत सामग्रीका रूपमा वितरण गरेको जनाएको छ।

२५ भदौ, काठमाडौं । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

कम्पनीहरूले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका हुन्। सहयोग रकमको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

यसका साथै कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउसमेत राहत सामग्रीका रूपमा वितरण गरेको जनाएको छ।

अति प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा कम्पनीले सम्बन्धित निकायमार्फत चाउचाउ उपलब्ध गराएको थियो। आवश्यक परे थप चाउचाउ पठाएर पीडितलाई सहयोग गर्न कम्पनी तयार रहेको जनाएको छ।

विपद्को यस घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्न यशोदा ग्रुप इन्डस्ट्रिज प्रालि पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?