फाइल तस्वीर
२५ भदौ, सुर्खेत । दैलेखमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ खोप बजारकी ३८ वर्षीया ज्वाला शाही रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार साँझ करिब साढे ५ बजेतिर भगवतीमाई गाउँपालिका–२ स्थित सुनखोला तर्ने क्रममा शाहीलाई खोलाले बगाएको थियो ।
बेस्तडा बजारबाट घर फर्किने क्रममा सुनखोला तर्दै गर्दा बगेकी शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4