+
+
Shares

ब्रिक्स नेताहरूका लागि रात्रिभोजको मोदी-मेनु : पनिरदेखि जेरीसम्म

भारत मण्डपमा मोदीले दिएको रात्रिभोजको मेन्यु पनि सार्वजनिक भएको छ, जसमा विभिन्न भारतीय परिकार सामेल छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते २२:४६

२७ भदौ, काठमाडौं । शनिबारदेखि भारतको नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । आज दिउँसो भव्य समारोहका बीच वैकल्पिक विश्वशक्तिका नेताहरूको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घाटन गरे ।

शनिबार दिउँसो नै ब्रिक्स देशहरूले संयुक्त रूपमा नयाँ दिल्ली घोषणापत्र पनि जारी गरेर ब्रिक्सको साझा धारणा सार्वजनिक गरिसकेका छन् । जसमा मध्यपूर्वमा भइरहेका युद्धको विरोधदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी लगाउनेगरेको ट्यारिफको विरोध गरिएको छ ।

दिउँसै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भारतीय प्रधानमन्त्री मोदीले भेटवार्तासमेत गरेका छन् ।

आज र भोलि गरी दुई दिन चल्ने शिखर सम्मेलनको पहिलो दिनको सत्र सकिएपछि भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्सका नेताहरूलाई रात्रिभोज दिएका छन् । भारत मण्डपमा मोदीले दिएको रात्रिभोजको मेन्यु पनि सार्वजनिक भएको छ, जसमा विभिन्न भारतीय परिकार सामेल छन् ।

रात्रिभोजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङसम्मका पाहुनाका लागि विशेष भारतीय परिकार तयार गरिएको छ ।

मेन्युअनुसार स्टार्टरमा खान्डवी मिल–फ्यू राखिएको छ । जसमा बेसनबाट तयार गरिएको स्टिम रोलमा रायो, नरिवल र करी पातको तड्का दिइएको छ ।

यसलाई केसर–आँप, माइक्रो ग्रीन्स र दहीको ड्रेसिङसँग पस्किएको छ ।

त्यस्तै, खुम्ब गलौटी पनि स्टार्टरका रूपमा राखिएको छ । पुदिनाका पर्ल्ससहित प्यानमा ग्रिल गरिएको नरम च्याउ कबाबलाई सिरमाल रोटीसँग पस्किइएको छ ।

मुख्य परिकारमा के–के छन् ?

रात्रिभोजका मुख्य परिकारमा पनिर लबाबदार, गुच्छी मार्मिकलगायतका परिकार छन् । हिमाचली गुच्छी च्याउलाई केसर, किसमिस र मामरा बदामसँग पकाइएको छ ।

त्यस्तै, बासमतीको भात र बाजरा (मिलेट) प्रयोग गरेर तयार गरिएको मिलेट पुलाव तथा बिट रुट राइता पनि मेन्युमा समावेश छन् ।

मिठाइमा के छ ?

मिठाइतर्फ शहतूत फिरनी राखिएको छ । दूध र चामलबाट तयार गरिएको फिरनीमा मीठो शहतूत र सुनको वर्क लगाइएको छ ।

यसका साथै पुरानो दिल्लीको चर्चित शैलीमा तयार गरिएको फ्रुट क्रिम जेरी पनि रात्रिभोजमा समावेश गरिएको छ । –एबीपी लाइभको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?