३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देशमा राजदूत खाली रहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
बुधबारको प्रतिनिधिसभाअन्तर्गतको शून्य समयमा बोल्दै उनले यस्तो आवाज उठाएका हुन् ।
‘राजदूतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’, सांसद न्यौपानेले प्रश्न गरे ।
रास्वपालाई जनताले दुई तिहाइ मत दिएर पठाएको स्मरण गराउँदै उनले देशमा योग्यता र क्षमता भएका नागरिक पनि रहेको बताए ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारी गरेका बेला अमेरिकामा समेत नेपाली राजदूत नरहेको बताउँदै यस्तो अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया 4