१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सुनसरी घटनापछि विकसित घटनाक्रमको दोषी को हो भनेर अहिले समीक्षा गर्ने समय नरहेको टिप्पणी गरेका छन् । बिहीबार रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै सांसद न्यौपानेले अहिलेको विषय केवल शान्ति मात्रै भएको बताएका हुन् ।
‘समीक्षा गरौंला त्यो दिन, जुन दिन यो शान्त भइसक्छ । हिजो के भो होइन, अहिले कहाँ जाने ? के गर्ने ? कतिखेर जाने ? हुनसक्ने क्षतिलाई एक इन्च पनि बढ्न नदिने भन्ने कुरा आजको छलफलको विषय हो,’ सांसद न्यौपानेले भने, ‘प्लिज मिडियाकर्मी साथीहरू, देशभरीका दाजुभाइहरू, हामी रास्वपाका सांसद भक्कानिएका छौं ।’
उनले पहिलो विषय शान्ति मात्रै भएको बताए । ‘पहिलो हाम्रो कुरा के हो भने शान्ति, शान्ति, शान्ति.. । शान्ति स्थापना भइसकेपश्चात दोषी को हो ? निर्दोष को हो ? समय भयो–भएन । कसको भूमिका के थियो ? भोलिका कुरा हुन,’ उनले भने ।
आज छलफलको विषय शान्तिभन्दा माथि कोहीकसैले लैजान नहुने उनले बताए ।
प्रतिक्रिया 4