+
+
Shares

रास्वपा सहमहामन्त्रीमा यज्ञमणि न्यौपानेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:१७

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा दाबी प्रस्तुत गरेका छन् ।

खुला केन्द्रीय सदस्यको चुनाव जित्ने र सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए ।

‘सहमहामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएको छु,’ न्यौपानेले भने ।

यो विषयमा आफूले सार्वजनिक रुपमा समेत सुझाव मागेको र धेरैको सुझाव अनुसार सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको उनले बताएका छन् ।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । सभापति र केन्द्रीय सदस्यको लागि निर्वाचन प्रकृया सुरु हुनेछ । ९९ केन्द्रीय सदस्यको लागि निर्वाचन हुनेछ । निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन् । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, मतदानको समय भने सार्वजनिक गरिसकेको छैन ।

पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुनेछ ।

रास्वपामा ५ जना सहमहामन्त्री रहने छ । तीमध्ये २ जना मनोनीत गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?