News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन, शान्ति भंग र अभद्र व्यवहार गरेको आरोपमा १२ जनाविरुद्ध अभद्र कसुरमा अनुसन्धान अघि बढाइएको छ।
- जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको हो, र पक्राउ परेकामध्ये २ जनालाई संलग्नता नदेखिएपछि छाडिएको छ।
३१ भदौ, काठमाडौं । ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गरेको आरोपमा १२ जनाविरुद्ध अभद्र कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
ठमेलको सार्वजनिक क्षेत्रमा शान्ति भंग गर्ने, यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने, अभद्र व्यवहार गर्ने र बिचौलियाको काम गरेको आरोपमा १२ जनाविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।
उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट अभद्र कसुरमा ५ दिनको म्याद लिइ अनुसन्धान अघि बढाइएको छ । १४ जना पक्राउ गरिएकोमा २ जनको संलग्नता नदेखिएपछि छाडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4