+
+
Shares

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले रिक्त १३ देशका लागि नेपाली राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि लेखि पठाउने निर्णय गरेको छ ।
  • सरकारले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
  • मन्त्रिपरिषद्ले नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गत राख्ने र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् ।

दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ ।

यस्ता छन् निर्णयहरू–

–देहायका व्यक्तिहरूलाई तपसिल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइका लागि संसदीय सदनसमक्ष लेखि पठाउने ।

१. डा. निश्चलनाथ पाण्डे — भारत

२. डा. कल्याणराज शर्मा — चीन

३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिका

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)

५. जिज्ञान कुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी — जर्मनी

९. डा. पद्माक्षी राणा — ओमान

१०. चूडामणि खरेल — मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया

१२. डा. मंचला झा — श्रीलंका

१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

–नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने ।

–साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत राहनेगरी नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ संशोधन गर्ने ।

–नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठ, काठमाडौंलाई नियुक्त

–सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकृत विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?