+
+
Shares

सरकार आफ्नै निर्णय कार्यान्वयन गर्नबाट पन्छियो : सांसद ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको आरोप लगाए ।
  • उनले संसदलाई जानकारी नदिई सरकारले एकलौटी निर्णय गरेको, सर्वदलीय बैठक आह्वानको प्रतिबद्धता पूरा नगरेको र राष्ट्रिय सभालाई उपेक्षा गरेको बताए ।
  • ढुंगानाले दुई दिन सार्वजनिक बिदा, निजामती कर्मचारीको उमेर हद र समायोजनसम्बन्धी सरकारको निर्णयले शिक्षा, स्वास्थ्य र प्रशासनिक संयन्त्रमा असर परेको तर्क गरे ।

५ असोज, काठमाडौं । राष्ट्रिय सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले संसदलाई जानकारी नदिई एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद ढुंगानाले भोटेकोशी बाढीपछि सर्वदलीय बैठक आह्वान गर्ने प्रतिबद्धता पूरा गर्न सरकार चुकेको भन्दै आक्रोश पोखे ।

उनले प्रधानमन्त्रीले प्रतिनिधि सभामा जवाफ दिए पनि राष्ट्रिय सभालाई उपेक्षा गरेको आरोप लगाए । उनले सामाजिक र प्रशासनिक क्षेत्रमा सरकारले गरेको दुई दिन सार्वजनिक बिदाको निर्णय अव्यावहारिक भएको तर्क गरे । निजामती कर्मचारीको उमेर हद र समायोजनको विषयमा सरकारको हचुवा निर्णयले प्रशासनिक संयन्त्रमा अस्थिरता निम्त्याएको बताए

‘संसद् र जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार आफ्नै निर्णय कार्यान्वयन गर्नबाट पन्छिरहेको छ । संसदीय समिति गठन गर्ने प्रतिबद्धता अझै पूरा भएको छैन,’ उनले भने, ‘गरिब मुलुकको संरचना अनुसार सातामा दुई दिन बिदा दिँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिकूल असर परेको छ । संघीयता खारेजीको प्रश्ताव राख्नेहरू नै अहिले सत्तामा छन्, यसले देशको संघीय संरचनामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।’

ढुंगानाले वर्तमान सरकारको संघीयताप्रतिको प्रतिवद्धतामा समेत प्रश्न उठाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?