News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभामा खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर भाग मर्मत र चौडा गर्न असोज ६ देखि ३० सम्म दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ।
- सडक डिभिजन कार्यालय तुम्लिङटारका अनुसार बिहान ८ देखि १२ बजे र दिउँसो १ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।
- कार्यालयले १२ देखि १ बजे र साँझ ६ देखि ८ बजे सम्म यातायात खुला रहने र निषेधित समयमा वैकल्पिक सडक प्रयोग गर्न सकिने जनाएको छ।
६ असोज, संखुवासभा । कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी –तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ। सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा सडक चौडा गर्न दैनिक ९ घण्टा यातायात बन्द गरिएको हो ।
सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको कालोपत्रे सडक चौडा गर्न दैनिक ९ घण्टा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताए।
खाँदबारी देखि सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ । उक्त सडकखण्डमा बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताए।
कार्यालयले बिहान १२ बजेदेखि १ बजे सम्म र साँझ ६ बजे देखि ८ बजेसम्म सवारी साधन सञ्चालन खुल्ला गरिने जनाएको छ। समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
दैनिक ९ घण्टा यातायात बन्द गरेर काम सञ्चालन भइरहेको श्री डिएस विल्र्डस/सुपर लाईक जेभी खाँदबारी-३ का मिगुर शेर्पाले बताए। निषेधित समयमा यातायातका साधन बैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ। उक्त सडक खण्ड बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो।
प्रतिक्रिया 4