News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी ११औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक जितेको छ ।
- महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले स्वर्ण पदक जितेका छन् ।
- महिला ६८ केजीमुनि निरुपा दोङ तामाङले रजत र टिम कातामा मेघा लिम्बु, सानुमाया तामाङ र अलिशा रास्कोटीको जोडीले कास्य पदक जितेको छ ।
११ असोज, काठमाडौं । ११औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित ६ पदक जितेको छ । जापानमा जारी च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो ।
महिला ६८ केजी माथिको तौल समूहमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक हात पारिन् । यस्तै राकेश मानन्धरले ६० केजीमुनिको तौल समूहमा स्वर्ण पदक जिते ।
महिला ६८ केजीमुनिको तौल समूहमा नेपालकी निरुपा दोङ तामाङले रजत पदक जित्दा टिम कातामा मेघा लिम्बु, सानुमाया तामाङ र अलिशा रास्कोटीको जोडीले कास्य पदक हात पार्यो ।
यस्तै महिला टिम कुमुते एरिका गुरुङ, निरुपा दोङ तामाङ, मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङको जोडीले कांस्य पदक जित्न सफल भयो ।
प्रतिक्रिया 4