+
+
Shares

चिनियाँ राष्ट्रपति सीसँग इरानलाई कुनै पनि सहयोग नगर्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणका क्रममा इरानलाई दिइँदै आएको कुनै पनि प्रकारको सहयोग तत्काल रोक्न आग्रह गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्पले सी जिनपिङको वासिङ्टन भ्रमणका क्रममा इरानलाई दिइँदै आएको कुनै पनि सहयोग तत्काल रोक्न चीनलाई आग्रह गरेका छन्।
  • अमेरिकाले चीनले इरानलाई आर्थिक, गुप्तचरी र सैन्य सहयोग दिइरहेको भन्दै त्यसलाई मध्यपूर्वमा अमेरिकी सैन्य बेस र जहाजमाथि खतरा ठानेको छ।
  • चिनियाँ राष्ट्रपति सिले ट्रम्पलाई जुनको समझदारी पत्रमा फर्किएर आणविक सम्झौता गरेर इरानसँगको तनाव कम गर्न आग्रह गरेका छन्।

११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणका क्रममा इरानलाई दिइँदै आएको कुनै पनि प्रकारको सहयोग तत्काल रोक्न आग्रह गरेका छन्। चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्युले शुक्रबार सीएनबीसीसँगको अन्तर्वार्तामा यस कुराको पुष्टि गरेका हुन्।

जारी युद्धका बीच इरानलाई आर्थिक रूपमा अलग्याउने ट्रम्प प्रशासनको प्रयासमा चीनले प्रदान गर्दै आएको आर्थिक, गुप्तचरी र सैन्य सहयोग मुख्य बाधा बनेको अमेरिकाको ठहर छ। चीनको सहयोगबिना इरानमाथि पूर्ण आर्थिक दबाब सिर्जना गर्न नसकिने अमेरिकी अधिकारीहरूको बुझाइ छ।

युद्धको सुरुआतदेखि नै चीनले इरानलाई हवाई रक्षा प्रणाली र ड्रोन निर्माणका लागि आवश्यक पार्टपुर्जा उपलब्ध गराइरहेकोमा अमेरिकी अधिकारीहरू चिन्तित थिए।

पछिल्ला केही हप्तामा इरानले चिनियाँ व्यावसायिक भूउपग्रहबाट प्राप्त उच्च-गुणस्तरका तस्बिरहरू प्रयोग गरेर मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरू, विमानवाहक जहाजहरू र फारसको खाडी तथा अरब सागरमा रहेका नौसैनिक जहाजहरूलाई निशाना बनाएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। यस खुलासापछि अमेरिकी सेनाले आफ्ना जहाजहरूको स्थिति इरानले सजिलै पत्ता लगाउन नसगोस् भनी आफ्नो सञ्चालन प्रक्रियामा परिवर्तन गरेको छ।

राजदूत पर्ड्युले सीएनबीसीसँग भने, ‘हामीले केही हप्ताअघि नै चीनलाई स्पष्ट पारिसकेका थियौँ कि इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइने कुनै पनि सहयोग,चाहे त्यो गुप्तचरी होस्, पार्टपुर्जा होस् वा सैन्य उपकरण होस्,हाम्रा लागि पूर्ण रूपमा अस्वीकार्य छ। राष्ट्रपति ट्रम्पले फेरि यो कुरालाई स्पष्ट पार्नुभएको छ।’

पर्ड्युले इरानको मुद्दा पूर्ण रूपमा स्वतन्त्र रहेको र यसलाई ताइवानसँग कुनै पनि हिसाबले जोडिन नसकिने कुरा अमेरिकाले चीनलाई स्पष्ट पारेको बताए। उनले थपे, ‘चीनले हाम्रा कुरा सुनेको प्रमाण हामीसँग छ। उनीहरूले केही कदमहरू पछाडि हटाएका छन्। ट्रम्पले इरानबारे बोल्दा उनीहरूले ध्यान दिने गरेको प्रमाण हामीसँग छ।’

अर्कातर्फ, चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सिले भने ट्रम्पलाई जुनको समझदारी पत्र (एमओयू) मा फर्किएर र आणविक सम्झौता गरेर इरानसँगको तनाव कम गर्न आग्रह गरेका छन्। सिले भने, ‘चीनले सम्बन्धित पक्षहरूलाई शान्तिपूर्ण समाधानका लागि प्रतिबद्ध रहन र वार्ताको वातावरण कायम राख्न प्रोत्साहन गरेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?