News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद खगेन्द्र कर्णले सप्तरीमा बाढी र जंगली हात्तीबाट पीडित नागरिकका लागि राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनले तीन दिनदेखिको वर्षाले सप्तरीका हनुमाननगर, कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा खेत डुबानमा परेको र पाँच सयभन्दा बढी घर प्रभावित भएको बताए।
- कर्णले सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्तीको आतंकले बाली नष्ट भएको पनि उल्लेख गरे।
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीका नागरिक बाढी र जंगली हात्तीबाट पिडित भएको भन्दै राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकम शून्य समयमा बोल्ने क्रममा सांसद कर्णले पाँच सय बढी घर सप्तरीमा डुबानमा परेको बताए ।
‘तीन दिनदेखिको अविरल बर्षाका कारण सप्तरीको हनुमान नगर, कन्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका किसानका खेत डुबानमा परेको छ । पाँच सय बढी घर डुबानमा परेका छन्,’ कर्णले भने, ‘नागरिक पिडामा छन्।यस्तै सप्तकोशी नगरपालिकाको कमलपुर र कंचन-रुप नगरपालिकाको बस्तिपुरमा हातीको आतंकले किसानको खेतमा लगाइएको बाली नष्ट भएको छ। आवश्यक राहत र क्षतिपूर्तिको व्यवस्था सरकारसँग गर्न अनुरोध गर्दछु ।’
मधेसमा वर्तमान सरकारले गरिरहेका कार्यप्रति कर्णले सरकारको प्रशंसा गरे । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मधेसमा विकासको राजनीति सुरुवात गरेको कर्णले दाबी गरे ।
कमला–कञ्चनपुर सडक, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, मेडिकल कलेज, इन्जिनियरिङ कलेज सञ्चालनको तयारीमा सरकारले कार्य गरिरहेको उनले बताए।
प्रतिक्रिया 4