२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा बहसमा केन्द्रित नहुन संसदमा आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा कर्णले भने,‘प्रधानमन्त्रीले कालो चस्मा लगाउनुभयो । प्रधानमन्त्रीले कालो ड्रेस लगाउनु भयो । देश बनाउन सफा नियत भएका माननीयहरुले कालो चस्मा, कालो कोट होइन । आफ्नो निर्वाचन क्षेत्रमा गएको कार्यक्रम लागू गर्न बहस गर्नुस् ।’
सरकारले रोजगारी सिर्जना गर्नका लागि गर्नुपर्ने कामहरु बारे बहस गर्न उनले आग्रह गरे । स्थानीय सरकारमा देखिएको व्यथिति, भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानुनको बिषयमा बहस हुनपर्नेमा बिषयान्तर भइरहेको उनले बताए ।
विगतका सरकारको समयमा बजेटमा सत्ताधारी राजनीतिक दलका शीर्ष नेताको क्षेत्रमा मात्रै विकास बजेट गएको आवाजहरु सदन सुनिने बताउँदै कर्णले भने,‘सत्तपक्षकै सांसदले बजेटमा बेइमानी भनेर आरोप लगाउँथे । तर, अहिले निर्वाचन क्षेत्रमा बजेट परेन भनेर सरकारको आलोचना गरेको सुनिएको छैन । सरकारले शुसासन सहित दिगो विकास तर्फ देशलाई उन्मुख गराएको छ । वहस एजेन्डा केन्द्रीत हुनु पर्नेमा व्यक्ती केन्द्रित भइरहेको छ । हिन्दिमा एउटा भनाइ छ ‘ये पब्लिक है सब जानती है ।’
प्रतिक्रिया 4