News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका करिब ७० वर्षीय छित्नु साहलाई आइतबार लखन्देही खोलाले बगाएको छ।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बिहान ११:४५ बजे दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा साहलाई खोलाको बहावले बगाएको हो।
- नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
१२ असोज, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन–तीन जना गरी ६ जनाको संयुक्त टोली परिचालन गरी साहको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4