+
+
Shares

विराटनगरमा पसल गर्ने अर्का चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १८:५५

१२ असोज, विराटनगर । विराटनगरमा खुद्रा पसल सञ्चालन गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् ।

सोमबार नेपाली नागरिकको नाममा पसल दर्ता गरी  व्यवसाय सञ्चालन गर्दै आएकी महिला लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि ८ असोजमा विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालनमा रहेको ‘योनो मार्ट’का सञ्चालक जिङ्सियान सिएलाई पक्राउ गरेको थियोे ।

विराटनगर महानगरपालिका–२ मा रहेको ’एभरपिक सप्लायर्स’ मा सोमबार गरिएको अनुगमनका क्रममा नेपाली नागरिकको नाममा दर्ता रहेको पसलबाट चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार गरिरहेको भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो पसल सामाजिक सञ्जालमा १६० पसलको नामले चर्चित थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले उक्त पसलमा आकस्मिक अनुगमन गर्दा राधिका बस्नेत कार्कीको नाममा दर्ता भए पनि सम्पूर्ण व्यापारिक गतिविधि चिनियाँ नागरिक लि जोसिज्याकले सम्हाल्दै आएको भेटिएको थियो ।

खुद्रा पसल सञ्चालन गरेको भेटिएपछि नियन्त्रणमा लिएको  मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । थप कारबाहीका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?