१३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे ।
पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गरे ।
साथै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेकोप्रति पनि धन्यवाद ज्ञापन गरे ।
आफ्नो कार्यकाल सकेर राजदूत श्रीवास्तव केही दिनमा फर्कंदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4