+
+
Shares

दराजको ‘१०.१० दशैं धमाका’ : ७५ प्रतिशतसम्म छुट, स्कुटरदेखि थाइल्यान्ड भ्रमणसम्म जित्ने मौका

दसैंको तयारी र किनमेल थप लाभदायी बनाउन दराजले विभिन्न ब्रान्डसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १८:३९

१४ असोज, काठमाडौं । नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले दसैंका अवसरमा बहुप्रतीक्षित ‘१०.१० दशैं धमाका : बडा दशैं, धमाकेदार डिल्स’ सार्वजनिक गरेको छ ।

अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने यस मेलामा विभिन्न श्रेणीका उत्पादनमा ६५ लाख रुपैयाँसम्मका भौचर, नि:शुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको भारी छुट उपलब्ध गराइएको छ ।

दसैंको तयारी र किनमेल थप लाभदायी बनाउन दराजले विभिन्न ब्रान्डसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ ।

दराजका प्ल्याटिनम पार्टनर्स होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्स्पिरियन्स, एंकर, रोह्टो र अवीबीबाट ६७ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ ।

त्यस्तै गोल्ड पार्टनर्स ब्य्राडहाउस, पीएन्डजी, पिक एन्ड एर्के, अर्क्स फुड र भेदन्तले ७० प्रतिशत र सिल्भर पार्टनर्स फ्यानटेक, त्रिकाया, एसपीएनएस र माटो नेपालमा ६५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।

यसबाहेक १५ देखि २६ असोजसम्म सीमित समयका लागि ब्रान्ड रस आवर, क्रेजी प्राइस ड्रप तथा विभिन्न बार अनुसार विशेष श्रेणीगत अफर समावेश गरिएका छन् । उपभोक्ताले छनोट गरेका विक्रेताबाट ३ हजार रुपैयाँसम्मका दसैं दक्षिणा भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

नगदरहित कारोबार प्रोत्साहन गर्न दराजले ५ वटा अग्रणी बैंकहरूसँग सहकार्य गरी विशेष प्रिपेमेन्ट अफर ल्याएको छ । हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम १५ सय रुपैयाँ) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्म छुट पाउनेछन् । त्यसैगरी इसेवा र खल्ती प्रयोगकर्ताका लागि पनि १ हजार रुपैयाँसम्मको छुट अफर राखिएको छ ।

किनमेलसँगै दराजले आकर्षक उपहारको व्यवस्था पनि गरेको छ । न्यूनतम २ हजार रुपैयाँको खरिद गर्नेमध्ये एक भाग्यशाली ग्राहकले सुजुकी एक्सेस एफआई १२५ सीसी विशेष एडिसन स्कुटर जित्न सक्नेछन् ।

यसका साथै थाइल्यान्ड भ्रमण, ३१ हजार रुपैयाँको कम्बो गिफ्ट सेट, ६५ हजार रुपैयाँको एक्स्प्रेस स्टाइलर, १ लाख ५ हजार रुपैयाँ मूल्यको वासिङ मेसिन र दैनिक गिभअवे मार्फत विभिन्न ब्रान्डका उत्पादन जित्ने अवसर उपभोक्ताले पाउनेछन् ।

सन् २०१५ मा स्थापित दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका ५० करोडभन्दा बढी जनसंख्यालाई प्रविधिका माध्यमबाट जोड्दै ई–कमर्स, ढुवानी तथा भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?