+
+
Shares

तीन लाख धरौटी बुझाएर रिहा भए अशोक यादव 

नेकपा नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १८:५९

१४ असोज, सर्लाही । नेकपा नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

आदेशअनुसार धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्।

यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाहील्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?