१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री तारिणीदत्त चटौत पराजित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय अधिवेशनमा नेता चटौत पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचन लडेका थिए ।
यो क्लस्टरमा १० जनाका लागि २१ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
जसमा कुल खसेको मत ६२५ मतमा यो क्लस्टरमा सर्वाधिक मत प्राप्त गर्ने बहादुरसिंह थापाले ४२० मत ल्याएर विजयी हुँदा १० औं नम्बरमा २६४ मत ल्याएर विष्णुदत्त जोशी निर्वाचित भए ।
तर, पूर्वमन्त्री चटौतले २४३ मत मात्रै प्राप्त गर्न सके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4