१८ असोज, काठमाडौं । मकवानपुर कांग्रेसकी नेतृ रिता खनालले पार्टीको आजबाट सुरु भएको महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
मकवानपुर क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले आफू सहमहामन्त्री पदका लागि उम्मेदवारी दिन लागेको जानकारी गराइन् ।
बदलिएको नेतृत्व र बदलिएको कांग्रेसले मात्रै पार्टीलाई सहि दिशमा डोर्याउँदै देशको नेतृत्व गर्ने तहमा लानसक्ने उनको बुझाइ छ ।
उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई मत दिने विजयी गराउन अपिल समेत गरेकी छिन् ।
कांग्रेसलाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माजस्ता युवा नेताहरूले अघि बढाउन सक्ने उनले बताइन् ।
उनी नेपाल ट्रेड युनियन कांग्रेसमार्फत सक्रिय रहँदै आएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4