+
+
Shares

फिल्म ‘आ बाट आमा २’ को गीत ‘रातो टीका लाउँदा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १७:४६

काठमाडौँ । फिल्म ‘आ बाट आमा २’ को अर्को गीत रातो टीका लाउँदा क्या दामी देखियो` रिलिज भएको छ । बिहीबार सार्वजनिक भएको गीतमा दसैंको माहोल देखिन्छ ।

डान्सिङ गीतमा पल शाह ,मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। साथै लाहुरेको भूमिकामा सविन श्रेष्ठ रहेका छन् । सामुहिक विवाहमा उनीहरुको नाच रहेको छ । जुन दृश्य निकै उत्कृष्ट लाग्छ । यस गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन् ।

यस गीतको शब्द रचना, संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा बाबुल र रचना रिमालको रहेको छ । चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ ।

यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन् । करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।

फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?