News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले उम्मेदवार छनौट मापदण्डमा वैवाहिक अवस्था कानुनी रूपमा पूर्णत: वैध र स्पष्ट रहेको स्वघोषणा गर्नुपर्ने प्रावधान प्रस्ताव गरेको छ।
- मापदण्डमा मिटरव्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डा र सहकारी बचत अपचलनमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था पनि राखिएको छ।
- उम्मेदवारले घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, सार्वजनिकस्थलको अमर्यादित व्यवहार र डिजिटल अपराधमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने छ।
२८ असोज, काठमाडौं । रास्वपाको उम्मेदवार बन्नका लागि वैवाहिक अवस्थाका कानुनी स्पष्टता पनि पेश गर्नुपर्ने भएको छ । रास्वपाले बनाएको चुनावका लागि उम्मेदवार छनौट गर्ने मापदण्डमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।
उम्मेदवारको योग्यता सम्बन्धि मापदण्डमा यो व्यवस्था प्रस्ताव गरिएको छ । ‘आफ्नो पारिवारिक र वैवाहिक अवस्था कानुनी रुपमा पूर्णत: वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनै पनि प्रकारको लुकाइएको वा विवादित नरहेको स्वघोषणा’ भन्ने प्रावधान राखिएको छ । त्यसै वित्तीय तथा आर्थिक शुद्धता हुनुपर्ने पनि मापदण्डमा छ ।
मिटरव्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डा वा सहकारी संस्थाको बचत अपचलन जस्ता कुनै पनि प्रकाका अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न नभएको स्वघोषणा उम्मेदवार हुन चाहने विक्तिले गर्नुपर्ने छ ।
त्यसै दुर्वव्यवहार तथा डीजीटल अपराधमा संलग्न कुनै पनि प्रकारको घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिकस्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको व्यक्ति हुनुपर्ने छ । सामाजिक सञ्जाल दुरुपयोग गरी साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डीजीटल दुर्व्यहारमा आफ्नो संलग्नता नरहेको स्वघोषणा गर्नुपर्ने छ ।
प्रतिक्रिया 4