News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटका लागि प्रत्यक्ष मतदानसहित नयाँ मापदण्ड अघि सारेको छ।
- रूपरेखा २०८३ अनुसार उम्मेदवार बन्न ४० प्रतिशत मतभारसहितको निर्वाचन पार गर्नुपर्नेछ र पार्टी सदस्यले डिजिटल वा अफलाइन मतदान गर्न सक्नेछन्।
- निर्वाचन मान्य हुन कुल सदस्यमध्ये कम्तीमा २५ प्रतिशत सहभागिता आवश्यक हुने र नोटाले बढी मत पाए सबै आकांक्षीको मनोनयन रद्द हुने व्यवस्था छ।
२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न परम्परागत शैलीलाई तोड्दै नयाँ मापदण्ड अघि सारेको छ।
पार्टीले हालै जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार अब उम्मेदवार बन्न ४० प्रतिशत मतभारसहितको निर्वाचन पार गर्नुपर्नेछ।
शीर्ष नेताको तजबिजमा टिकट बाँड्ने प्रथाको विकल्पमा रास्वपाले आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा उम्मेदवार छनोट गर्ने जनाएको छ।
प्रारम्भिक निर्वाचनका लागि पार्टीको आधिकारिक एपमार्फत डिजिटल र अफलाइन दुवै माध्यमबाट मतदान गर्न सकिनेछ। तर, उक्त चुनावले मान्यता पाउन कुल मतदाता (पार्टी सदस्य) मध्ये कम्तीमा २५ प्रतिशतको सहभागिता हुनैपर्ने थ्रेसहोल्ड तोकिएको छ।
‘नो अफ द एभभ’ अर्थात् ‘माथिका कुनै पनि होइनन्’ भन्ने विकल्प (नोटा) को पनि प्रयोग गर्न पनि पाइने छ ।
यदि कुनै पदका लागि भएको मतदानमा नोटाले सबैभन्दा बढी मत प्राप्त गरेमा प्रतिस्पर्धामा रहेका सबै आकांक्षीहरूको मनोनयन स्वतः रद्द हुनेछ।
त्यसपछि नयाँ उम्मेदवारहरूको खोजी गरी पुनः मतदान गराइने व्यवस्था रूपरेखामा उल्लेख छ।
प्रतिक्रिया 4